बुटवल– लुम्बिनीमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलले कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुख समक्ष निवेदन दिएका छन् ।
सत्तारुढ घटक माओवादीले समर्थन फिर्ता लिएलगत्तै ८ दलको समर्थनमा कांग्रेस संसदीय दलका नेता चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् ।
माओवादीका मन्त्रीहरुले भने आइतबार मात्र मुख्यमन्त्री गिरीलाई राजीनामा बुझाएका थिए । राजीनामा बुझाएलगत्तै उनीहरु सहित सांसदको टोली अर्को पत्र लिएर प्रदेश प्रमुख समक्ष पुगेका हुन् । उनीहरुले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनमा दाबी पेश गरेको उल्लेख गरेका छन् ।
संविधान अनुसार कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।