काठमाडौं– तनहुँ १ प्रतिनिधिसभा निर्वाचनमा क्षेत्रमा उम्मेदवार बन्न कांग्रेसका १३ नेताले दरखास्त हालेका छन् । रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त बनेको सो क्षेत्रमापार्टीले आवेदन माग गरेपछि शुक्रवार र शनिबार गरी १३ जनाले उम्मेदवार बन्न पार्टीमा आवेदन दिएका हुन् ।
केन्द्रीय सदस्य गोविन्द भट्टराई, पूर्व जिल्ला सभापति रघुनाथ पौडेलले शुक्रवार पार्टीमा आवेदन दिएका थिए । महाधिवेशन प्रतिनिधिहरू दीपक भट्टराई, रामचन्द्र अधिकारी, लक्ष्मी आचार्य र विष्णु पन्तले पनि दरखास्त हालेका छन् ।
उम्मेदवार बन्नका लागि रामचन्द्र पोख्रेल, तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, क्षेत्रीय सभापति श्यामकुमार मौरती, पूर्व सचिव समुन्द्र गोदारले पनि आवेदन हालेका छन् । सरिता गुरुङ, डोबाटे विश्वकर्मा र अर्जुनबहादुर अधिकारीको पनि निवेदन परेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।