काठमाडौं– पार्टीका उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नेपाली कांग्रेस सहभागी हुने भएको छ। शनिबार बसेको पदाधिकारी बैठकमा सरकारमा पठाउने व्यक्तिका विषयमा छलफल भएको थियो। तर औपचारिक निर्णय गर्न बाँकी रहेको एक पदाधिकारीले बताए।
‘आइतबार सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्ने व्यक्तिको विषयमा निर्णय हुन्छ,’ उनले भने। बैठकमा उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनमा भएको छलफलबारे जानकारी गराएका थिए।
नेपाली कांग्रेसले सरकारमा ८ मन्त्रालय पाउनुपर्ने माग गरेको छ। ‘तर ७ मात्रै दिन सकिने कुरा आएको छ। हामीले अर्थमन्त्रालयसहित ८ मा अडान कायम राखेका छौं,’ बैठकमा खड्काले भनेका विषयलाई उद्धृत गर्दै ती पदाधिकारीले भने।
बैठकमा वैशाख १० गते हुने उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल भएको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।