काठमाडौं– नेपाली कांग्रेसको झण्डा सगरमाथामा पहराइने भएको छ। कांग्रेस समर्थक पेमा रिन्जी र ग्याल्जेन शेर्पाले कांग्रेसको झण्डा सगरमाथामा फराउन लागेका हुन्।
शनिवार राजधानीमा आयोजित एक समारोहमा महामन्त्री विश्वप्रकाश शर्माले उनीहरुलाई कांग्रेसको झण्डा हस्तान्तरण गरे। शर्माले रिन्जी र शेर्पालाई ‘मिसन माउन्ट एभरेस्ट’ सफलताका लागि शुभकामना समेत व्यक्त गरेका छन्।
झण्डा हस्तान्तरणपछि शर्माले भनेका छन्, ‘मिसन माउन्ट एभरेस्ट! काँग्रेसको झण्डा र चुनाव चिन्ह सगरमाथामा फहराइने। पेमा रिन्जी र ग्याल्जेन शेर्पा काँग्रेस समर्थक दुईयुवा यो मिसनमा प्रस्थान गरेका छन्। राजधानीमा आज एक समारोहबिच दुवै युवालाई रुख र चारतारे झण्डा हस्तान्तरण गरियो। मिसन सफलताका लागि हार्दिक शुभकामना!’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।