आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

स्ववियू चुनावमा नेवि‌संघ पहिलो संगठन बन्योः महामन्त्री थापा 

स्ववियू चुनावमा नेवि‌संघ पहिलो संगठन बन्योः महामन्त्री थापा 

  • मिडिया डबली
  • मंगलवार, चैत्र ७ २०७९

  • 9.8K
    SHARES

  • स्ववियू चुनावमा नेवि‌संघ पहिलो संगठन बन्योः महामन्त्री थापा 

    काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघ पहिलो संगठन बनेको बताएका छन्। उनले स्ववियु निर्वाचनले पहिलो शक्तिकारुपमा स्थापित गरेकाले नेविसंघले विद्यार्थी आन्दोलनलाई नयाँ र परिष्कृत ढंगले अघि बढाउनुपर्ने उनको भनाइ छ।

    स्ववियु निर्वाचनमा निर्वाचित भएकाहरुलाई बधाई दिँदै उनले भनेका छन्, ‘यो स्ववियु निर्वाचनले फेरी एक पटक नेविसंघलाई आम विद्यार्थी माझ पहिलो सङ्गठनको रूपमा स्थापित गरेको छ। यो विश्वासलाई कायम राख्दै नेविसंघले विद्यार्थी आन्दोलनलाई नयाँ र परिष्कृत ढङ्गले अगाडी बढाउनु पर्दछ।’

    उनले आम विद्यार्थीका मुद्दा सम्बोधन गर्न र स्ववियूको गरिमा उच्च राख्न स्ववियु नेतृत्वले जिम्मेवार ढंगले काम गर्ने विश्वास लिएको बताएका छन्। ‘आम विद्यार्थीका मुद्दालाई संवोधन गर्न तथा स्ववियुको गरिमालाई उच्च बनाउन नवनिर्वाचित स्ववियु नेतृत्वले जिम्मेवार ढङ्गले काम गर्नेछ भन्ने विश्वास लिएको छु,’ उनले भनेका छन्, ‘निर्वाचनको क्रममा के गर्छौँ र के गर्दैनौँ, भनेर गरेका प्रतिबद्धतालाई अक्षरशः कार्यान्वयन गर्दै शैक्षिक तथा प्राज्ञिक उन्नयनको लागि काम गर्न आग्रह गर्दछु।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend