काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनमा उपराष्ट्रपति चुनावमा देखिएको फरक मतले सरकारलाई कुनै असर नगर्ने बताएका छन् ।
सत्ता गठबन्धनका ठूला चार दलले जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादवलाई समर्थन गरेका छन् भने अरु ५ दलले जनमत पार्टीकी ममता झालाई समर्थन गरेका छन् ।
उपराष्ट्रपति निर्वाचनमा मत दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले एउटै उम्मेदवार बनाउने कोसस भएको, तर त्यो सम्भव नभएपछि सल्लाहले नै फरक ठाउँमा उभिएको बताए । तर प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेला एकठाउँमा आउने भन्दै उनले अघि भने, ‘यसले सरकारको निरन्तरतामा फरक पार्दैन ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।