आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

८ पार्टीको गठबन्धन पाँच वर्ष ढुक्क, गठबंधन भत्काउने प्रयास नगर्न थापाको चेतावनी 

८ पार्टीको गठबन्धन पाँच वर्ष ढुक्क, गठबंधन भत्काउने प्रयास नगर्न थापाको चेतावनी 

  • मिडिया डबली
  • आइतवार, फाल्गुण २१ २०७९

  • 2.7K
    SHARES

  • ८ पार्टीको गठबन्धन पाँच वर्ष ढुक्क, गठबंधन भत्काउने प्रयास नगर्न थापाको चेतावनी 

    काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाएको दुई महिनामा नै ‌‌एमाले प्रतिपक्षी दल बन्‍न पुगेको छ। 

    नेकपा मा‌ओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन समर्थन गरेपछि नेकपा एमाले सत्ताबाट बाहिरिएको हो। राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन नेपाली कांग्रेसको नेतृत्वमा आठ पार्टीको गठबन्धन बनेको छ। 

    अब यो गठबन्धनले पाँच वर्षसम्म ढुक्कले सत्ता सञ्‍चालन गर्ने र नेपाली कांग्रेसले यसको नेतृत्व गर्ने कांग्रेस महामन्त्री गगन थापाले बताएका छन्। नेकपा एमालेले भने नेकपा माओवादीलाई सत्ताबाट बाहिर पुर्‍याउन नेपाली कांग्रेससँग सहकार्यको पहल गरिरहेको समयमा कांग्रेसले भने अब पाँच वर्ष यही गठबन्धन अघि बढ्ने स्पष्ट पारेको हो। 

    कांग्रेसका महामन्त्री थापाले नयाँ गठबन्धन अबको पाँच वर्ष ढुक्कले चल्ने र यो गठबन्धन भत्काउने प्रयास नगर्न चेतावनी पनि दिएका छन्। राष्ट्रपति चुनावका लागि ८ दलीय गठबन्धनले सांसदका लागि गरेको कार्यक्रममा महामन्त्री थापाले अब जसले जे प्रयास गरे पनि गठबन्धन नभत्किने भन्दै एमालेलाई लक्षित गर्दै धेरै चकचक नगर्न आग्रह गरे।

    उनले भने, ‘अब पाँच वर्ष कतै धराप थाप्न नआए हुन्छ। नेपाली कांग्रेससँग चकचक नगरे हुन्छ। जे गरे पनि तेल निस्कने छैन। पाँच वर्ष गठबन्धन ढुक्कले चल्छ। अब कुनै अलमल छैन।’

    नागरिक निराश भएको अवस्थामा अब नयाँ गठबन्धनले परिणाम दिनुपर्ने थापाको भनाई छ। जनतासँग गरेका वाचा पुरा गर्नेतर्फ सरकार केन्द्रित हुनुपर्ने बताए। उनले भने, ‘२०७४ देखिको पाँच वर्ष एक व्यक्तिको लहडले खेर गयो। अबको पाँच वर्ष खेर जान दिनुहुँदैन। राष्ट्रपति उपराष्ट्रपति निर्वाचनपछिको पाँच महिनाभित्र सरकारले परिणाम दिनुपर्छ। त्यसपछि नयाँ गठबन्धनको औचित्य आफै सावित हुन्छ।’

    महामन्त्री थापाले नयाँ राष्ट्रपतिलाई केही सुझाव पनि दिए। कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बन्ने निश्चित रहेको भन्दै उनले त्यसपछि दलीय गुटबाट अलग हुनुपर्ने बताए।

    थापाले भने, 'फागुन २६ गतेबाट राष्ट्रपति सम्पूर्ण कुराबाट अलग रहनुपर्छ। दलीय गुटबाट मुक्त हुनुपर्छ। हामीलाई भुजा ज्युनार गर्ने र सवारी चलाउने खालको राष्ट्रपति चाहिएको छैन, राष्ट्रपति जनता जस्तै हुनुपर्छ। पहिलेकाले गरेका गल्तीबाट सिकेर सुधार गर्नुपर्छ।'

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend