काठमाडौं- भारत सरकारको लगानीमा ‘मुस्ताङ बौद्ध कलेज’ खोल्न भारत अग्रसर भएको सम्बन्धमा प्रकाशित समाचार भ्रामक भएको पाइएको छ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले उक्त समाचारहरुप्रति ध्यानाकर्ष भएको जनाएको छ।
गाउँपालिकाले जारी गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ, 'मुस्ताङको निषेधित क्षेत्रमा बौद्ध कलेज खोल्न भारत अग्रसर शीर्षकको समाचारमा सत्यतथ्य नभएको र आधारहीन देखिकोले यस बारागुङ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङको गम्भीर ध्यनाकर्षण भएकोले ती विषयहरुमा समेत खण्डन गरी पुन:समाचार प्रकाशन गरिदिन हुन सादर अनुरोध छ।'
समाचारमा उल्लेख भएको उक्त क्षेत्र निषेधित क्षेत्र नभएको र चीन सरकारविरुद्ध विद्रोह गरेको क्षेत्र नभएको र कलेज मुस्ताङ साक्या बौद्ध संघद्वारा निर्माण हुन लागेको पनि स्पष्ट पारिएको छ। तर, तिब्बती खम्पाहरूले चार दशकअघि चीन सरकारविरुद्ध विद्रोह गरेको भन्दै समाचारमा गलत समाचार प्रकाशन भएको जनाइएको छ। खम्पा विद्रोह नियन्त्रणका लागि सरकारले २०२८ सालमा मुस्ताङका तीन दर्जनभन्दा बढी स्थान विदेशीका लागि निषेधित गरेको थियो।
तर, वारागुङको वडा नम्बर ५ को फ्लयाक गाउँ निषेधित क्षेत्रमा पर्दैन। मूलतः तिब्बती शरणार्थीका लागि सञ्चालन गर्न लागिएको परियोजनामा लगानी गर्न भारत अग्रसर भएको सरकारी भन्ने समाचारमा कुनै सत्यता नभएको पनि स्पष्ट पारिएको छ। ‘मुस्ताङ साक्या बौद्ध संघ’ ले कलेज खोल्ने गरी बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाले प्रक्रिया अघि बढाएको हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।