आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

लघुवित्तको समस्या समधान गर्न गगनले दिए पाँच शुत्र, के गर्ला राष्ट्र बैंक? 

लघुवित्तको समस्या समधान गर्न गगनले दिए पाँच शुत्र, के गर्ला राष्ट्र बैंक? 

  • मिडिया डबली
  • बुधवार, फाल्गुण १० २०७९

  • 2.8K
    SHARES

  • लघुवित्तको समस्या समधान गर्न गगनले दिए पाँच शुत्र, के गर्ला राष्ट्र बैंक? 

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लघुवित्तबाट ऋण लिएकाहरुको समस्या समाधानको उपाय सुझाएका छन् ।

    बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सबै पक्ष जिम्मेवार भएर यो समस्या समाधान गरिनुपर्ने बताए । यसका लागि राष्ट्र बैंकले तत्काल केही कदम चाल्नुपर्ने उनको भनाइ छ ।

    अनुचित नाफा कमाउन जे पनि गर्ने लघुवित्त संस्था, तत्कालको गर्जो टार्नका लािग जहाँबाट जस्तो भए पनि ऋण लिने ग्राहक र अनुमति दिँदै गर्दा हात फैलाउने तर परीवेक्षण गर्दै गर्दा मुठ्ठी कस्ने राष्ट्रबैंकका कारण लघुवित्तमा समस्या आएको उनले बताए ।


    समस्या सँगसँगै समाधानको उपाय पनि उनले सुझाएका छन्। 

    यस्ता छन् उनका सुझाव

    १. साँच्चिकै मर्कामा परेकाहरुको राहतका लागि चाहे त्यो सीएसआर फण्ड होस चाहे क्लाइन्ट प्रोडक्सन फण्ड होस् त्यो बैंक र वित्तीय संस्थाहरुसँग छ त्यो फण्डको प्रयोग गर्ने

    २. बदनीयतका साथ काम गर्ने लघुवित्त संस्थाहरुलाई कारबाही गर्ने ।

    ३. एउटा ऋणीले एउटा मात्रै संस्थाबाट ऋण लिन पाउने प्रावधान थपेर राष्ट्र बैंकको निर्देशिकाको प्रभावकारी कार्यान्वयन गर्ने ।

    ४. सुपरीवेक्षण गर्ने कामलाई तल्लो तहसम्म लिएर जाने

    ५. वित्तीय साक्षरतालाई स्थानीय सरकारसँगको साझेदारीमा तल्लो तहसम्म लिएर जाने ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend