आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

राष्ट्रपतिका बारेमा सहमति भइसकेको गगनको खुलासा 

राष्ट्रपतिका बारेमा सहमति भइसकेको गगनको खुलासा 

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण ९ २०७९

  • 8.8K
    SHARES

  • राष्ट्रपतिका बारेमा सहमति भइसकेको गगनको खुलासा 

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिका बारेमा पुरानो गठबन्धनकाबीचमा सहमति भइसकेको बताएका छन्। गत पुस १० गते भत्किएको गठबन्धनबीच राष्ट्रपति निर्वाचनमा एकजुट भएर जाने समझदारी बनेको थापाले बताएका हुन्। 

    कांग्रेस महामन्त्री गगन थापाले सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले कांग्रेसले अघि सार्ने राष्ट्रपतिको उम्मेदवारलाई सघाउने समझदारी भइसकेको जानकारी दिए।  

    उनले फागुन २५ गतेका लागि निर्धारित राष्ट्रपति निर्वाचनका लागि पाँच दलहरुबीच भएको सहमतिलाई औपचारिकता दिन मात्रै बाँकी रहेको पनि बताए।

    राष्ट्रपति निर्वाचनका लागि पार्टीको पक्षमा वातावरण निर्माण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग निरन्तर संवादमा रहेका महामन्त्री थापाले कांग्रेस तत्कालीन पाँच दलीय गठबन्धनमा रहेका अन्य दलहरुसँग पनि सम्पर्कमै रहेको बताए। 

    उनले राष्ट्रपति निर्वाचन र उम्मेदवारका विषयमा पछिल्लो समय भइरहेको चर्चामा कुनै सत्यता नभएको समेत जिकिर गरे। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend