काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नेकपा एमाले नेतृत्वको सत्ता गठबन्धन फागुन १० गतेभित्रै टुट्ने दाबी गरेका छन्। थापाले पुस १० गते कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमालेले तयार पारेको सत्ता गठबन्धन फागुन १० गतेभित्रै टुट्ने दाबी गरेका हुन्।
‘पुस १० गते बनेको गठबन्धनबारे फागुन १० मा नयाँ समाचार सुन्न पाउनुहुनेछ। नेतृत्वले गरेको गल्तीका कारण २० महिना अघिदेखि निर्वाचनमा समेत कायम रहेको गठबन्धन भत्कियो,’ रुपन्देहीको कोटिहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘जनचाहनाअनुसार कांग्रेसकै नेतृत्वको गठबन्धन बन्नेछ।’
थापाले कांग्रेस नेतृत्वको गठबन्धन बन्ने र राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले नै प्रस्ताव गरेको व्यक्ति निर्वाचित हुने दाबी पनि गरे।
‘राष्ट्रपतिमा पनि हामीले नै प्रस्ताव गरेको उम्मेदवार निर्वाचित हुनेछ’ उनले भने।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।