आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

एमालेले बनाउने राष्ट्रपति आदेशपालक मात्र हुन्छ: गगन थापा

एमालेले बनाउने राष्ट्रपति आदेशपालक मात्र हुन्छ: गगन थापा

  • मिडिया डबली
  • शनिवार, माघ २१ २०७९

  • 2.7K
    SHARES

  • एमालेले बनाउने राष्ट्रपति आदेशपालक मात्र हुन्छ: गगन थापा

    बारा-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेले राष्ट्रपति निर्वाचनमा बनाउने उम्मेदवार सरकारको आदेशपालक मात्र हुन सक्ने आशंका गरेका छन् ।

    विगतमा संविधानले नचिनेपनि राष्ट्रपति कार्यकारी बन्न खोजेको देखिएको भन्दै फेरि एमालेकै उम्मेदवारलाई राष्ट्रपति चुने संवैधानिक अभ्यास ठूलो अप्ठेरो र दुर्घटनामा जाने उनले बताए ।

    बाराको कलैयामा शनिबार नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेता थापाले भने, ‘हेर्दा सामान्य विषय लाग्छ । तर अहिले नेपाल कम्युनिष्ट पार्टीका नेताले खल्तीबाट निकाल्ने नामलाई बहुमतको आधारमा नेपालको राष्ट्रपति बनाउने हो भने दावाका साथ भन्न सकिन्छ । यो पाँचवर्षको संवैधानिक अभ्यास ठूलो अप्ठेरो र दुर्घटनामा जान्छ ।’

    एमालेको नेताले खल्तीबाट नाम निकालेर आफूले कज्याउन सक्ने, आफ्नो आदेश मान्ने, आदेश पालक एउटा व्यक्तिलाई अघि सार्ने उनको दावी छ । त्यो व्यक्तिलाई अहिलेको सत्ता गठबन्धनको बहुमतले राष्ट्रपति बनाए अलग्गै शक्तिकेन्द्रको अभ्यास गर्ने उनको भनाइ छ ।

    आफूले प्रधानमन्त्रीलाई भेटेर संविधान र व्यवस्थाको स्थायित्वको लागि राष्ट्रपति निर्वाचनमा एमालेलाई सहयोग गर्न सुझाव दिएको पनि महामन्त्री थापाले बताए ।

    ‘मैले प्रधानमन्त्रीलाई भेटेर भनेको छु, प्रधानमन्त्री ज्यू नेपालको संविधानले प्रधानमन्त्री चिन्छ, संवैधानिक राष्ट्रपति चिन्छ, कार्यकारी राष्ट्रपति चिन्दैन । तपाई कार्यकारी राष्ट्रपति बनाउने बाटोतिर जाँदै हुनुहुन्छ । संविधानलाई बल्ल बल्ल हामीले सम्हालेका छौं, त्यसले डुबाउने खेलतिर लैजान्छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend