आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

गगनले दिएको एक अभिव्यक्तिले कांग्रेसमा रक्त संचार, चौतर्फी खुसियाली

गगनले दिएको एक अभिव्यक्तिले कांग्रेसमा रक्त संचार, चौतर्फी खुसियाली

  • मिडिया डबली
  • मंगलवार, पौष १२ २०७९

  • 7.8K
    SHARES

  • गगनले दिएको एक अभिव्यक्तिले कांग्रेसमा रक्त संचार, चौतर्फी खुसियाली

    काठमाडौं– कांग्रेस महामन्त्री गगन थापाले पार्टीलाई पुनः उठाउने बताएका छन् । हातमा आएको सत्ता र अवसर पार्टी नेतृत्वकै कमजोरीका कारण गुमेपछि पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन सोमबार उनले कांग्रेसलाई पुनः जरैबाट उठाउने बताएका हुन् । 

    सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल गरेर मात्र गठबन्धनबारे निर्णय गर्छु भन्नुभए पनि आफूहरूसँग कुनै कुराकानी नगरेको उनको भनाइ थियो । गठबन्धनको निर्णय गर्दा सभापतिले बोलाउनेमा आफू पनि पर्नेमा विश्वस्त भए पनि नबोलाएपछि अपमानित भएर पोखरा आएको उनले बताए । ‘हिजो ९आइतबार० पार्टी सभापति शेरबहादुर देउवाको फोन कुर्दाकुर्दा आएन । पार्टी कार्यालयमा भएको छलफल होइन, तर म पार्टीको महामन्त्री, निर्वाचित सांसद हुँ । यहाँ एकदम अपमानित भएर आएको छु,’ उनले भने ।

    हारजितको प्रकरण सकिएकाले अब पुनः कांग्रेसलाई उठाइने उनले बताए । ‘हारजितको कुरा एकछिन आयो, गयो । कांग्रेसमा जोडिँदा एउटा प्रतिष्ठा हुन्थ्यो । त्यो कुरा फेरि बनाइन्छ । हामी कांग्रेस पार्टीलाई सुदृढ कसरी बनाउने भन्नेबारे सोचिरहेका छौँ,’ उनले भने । 

    नेपालको राजनीति पूर्वप्रधानमन्त्रीको क्लबजस्तो देखिएको थापाको भनाइ थियो । ‘एउटा पूर्वप्रधानमन्त्रीले अर्को पूर्वप्रधानमन्त्रीलाई धोका दिएको देखिन्छ । कतिपटक पूर्व हुने भन्ने मात्रै रह्यो सबैको । यो हेर्दा सामान्य लाग्छ । यो हाम्रो राजनीतिक प्रणालीको एकदमै ठूलो समस्या हो । एकजना व्यक्ति पार्टी कब्जा गरेर बसेको अवस्था छ,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend