आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

गगनले भने– जीवनभर गुनासो मात्रै गर्नुभयो भने जीवन गुनासोमै सकिन्छ 

गगनले भने– जीवनभर गुनासो मात्रै गर्नुभयो भने जीवन गुनासोमै सकिन्छ 

  • मिडिया डबली
  • शनिवार, पौष ९ २०७९

  • 2.2K
    SHARES

  • गगनले भने– जीवनभर गुनासो मात्रै गर्नुभयो भने जीवन गुनासोमै सकिन्छ 

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरूले गुनासो गर्ने नभई समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले अहिलेका युवाहरू भनेको देशको भविष्य भएकाले विद्यार्थी युवावर्गहरुले समस्याको गुनासो गर्ने नभइकन समाधान गर्न के गर्ने भन्ने कुराको बारेमा सोच्न आवश्यक रहेको बताएका हुन् ।

    उनले युवाहरू आलोचक बन्नु गलत नभएको तर आफ्नो, समाजको, आज र भविष्यको बारेमा सोचेर आलोचना गर्न उपयुक्त हुने बताए । उनले भन्नुभयो, ‘हामी कहिले काहीँ थाहा न नपाईकन क्रिटिकल भयौँ भनेर भन्दाभन्दै यङ मान्छेहरू थाहै नपाईकन सिनिकल हुन्छौँ । निन्दक र आलोचकमा धेरै ठुलो भिन्नता हुन्छ । तर आलोचक बन्दा बन्दै थाहै नपाईकन हामी निन्दक बनिसकेका हुन्छद्यैँ । क्रिटिकल हुने भनेको कहिलेकाहीँ आफ्नो बारेमा पनि हुने हो । शिक्षक, स्कुल, समाजको, कम्युनिटी, आज, भोलिको बारेमा हुने हो । त्यो ठुलो स्ट्रेन्थ बन्छ । तर तपाई सिनिकल हुनुभयो भने तपाईंको सबैभन्दा ठुलो विकनेस बन्छ । जीवनभर कम्प्लेन मात्रै गर्नुभयो भने जीवन कम्प्लेनमा नै सकिन्छ ।’ 

    महामन्त्री थापाले निन्दक मात्र बन्नु युवाहरूका लागि जीवनकै सबैभन्दा ठुलो कमजोरी हुने बताए । उनले अहिलेको युग प्रविधिको भएकाले अनलाइनमा बस्दा पनि सामाजिक सञ्जालहरूको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए । 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend