आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

गगनले दिए शिर्ष नेतालाई झट्का लाग्ने अर्को अभिव्यक्ति

गगनले दिए शिर्ष नेतालाई झट्का लाग्ने अर्को अभिव्यक्ति

  • मिडिया डबली
  • बुधवार, मंसिर १४ २०७९

  • 7.2K
    SHARES

  • गगनले दिए शिर्ष नेतालाई झट्का लाग्ने अर्को अभिव्यक्ति

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताएका छन् । प्रधानमन्त्री बन्ने तयारीमा रहेका महामन्त्री थापाले पार्टी संसदीय दलको नेता चयन प्रक्रियामा आफू लागि परेको बताएका हुन् ।

    महिला सुरक्षा दवाव समूह, नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मंसिर १५ गते शुक्रबारसम्म आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिने कार्यक्रम रहेको उल्लेख गर्दै त्यसपछि भने सम्पूर्ण रुपमै संसदीय दलको नेता चयन हुने निर्वाचनमा जुट्ने योजनामा आफू रहेको बताए ।


    उनले भने, ‘अस्ती मलाई निम्तो गर्न आउँदाखेरि पनि म यो कार्यक्रम बाहेक अन्य कार्यक्रमहरुमा आउँछु भन्ने अवस्था नै थिएन । शुक्रबारसम्म हामी धन्यवादको कार्यक्रम सकौं । त्यसपछि अरु काममा जुट्नु पर्नेछ । मेरो त अर्को चुनाव आउँदैछ । मैले त्यो काममा केन्द्रित हुनुछ ।’

    महामन्त्री थापाले केही दिन भित्र नयाँ मन्त्रिपरिषद् बन्ने समेत बनाए । उनले मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिता हुने गरी कानुन निर्माण गर्न आफू प्रतिवद्ध भएर लागिपर्ने आश्वासन पनि दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend