बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

भारतले गहुँ र चिनीमा लगाएको प्रतिबन्ध हटाउने, राजदूत वास्तवले दिए यस्तो जानकारी

भारतले गहुँ र चिनीमा लगाएको प्रतिबन्ध हटाउने, राजदूत वास्तवले दिए यस्तो जानकारी

  • मिडिया डबली
  • शनिवार, भाद्र ११ २०७९

  • 3.4K
    SHARES

  • भारतले गहुँ र चिनीमा लगाएको प्रतिबन्ध हटाउने, राजदूत वास्तवले दिए यस्तो जानकारी

    काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारले गहुँ र चिनीमा लगाएको प्रतिबन्ध हटाउने भएको छ। शनिबार धरानमा आयोजित उद्योग वाणिज्य संघ सुनसरीको स्वागत सम्मान कार्यक्रममा राजदूत श्रीवास्तवले नेपालमा गहुँ र चिनीमा लगाएको प्रतिबन्ध हटाउने विषयमा कुराकानी भइरहेको बताए ।

    भारतले आफ्ना नागरिकका लागि गहुँ र चिनी नपुग्ने भन्दै निर्यातमा प्रतिबन्ध लगाएको थियो । ‘नेपालसँग आर्थिक र वाणिज्यको सम्बन्ध झनै प्रगाढ र सुदृढ होस् भन्ने भारतका जनता र सरकार चाहन्छ । यो क्षेत्रमा भारतसँग नेपालको व्यापार धेरै नै छ । हामी चाहन्छौं कि यसलाई अझै बढाउनु पर्छ । यसमा मिरगञ्जको पुल, नयाँ आयात गहुँ र चिनीमा जुन आश छ, यसबारेमा पनि कुराकानी भइरहेको छ’ उनले भने । 

    उनले धरानमा भारतसँगको व्यापार धेरै रहेको उल्लेख गरे । नेपालले भारतसँगको व्यापारलाई अझ बढाउनुपर्छ भन्ने भारतको चाहना रहेको उनले बताए । भारतले नेपालको आर्थिक सम्बन्ध प्रगाढ र सुदृढ होस् भन्ने चाहेको उनको भनाइ छ । धरानमा भारतबाट सामान ल्याउनका लागि मीरगन्जको पुल नबन्दा समस्या भइरहेको भन्दै उनले पुल निर्माणकार्य वर्षाका कारण केही समय रोकिएको तर चाँडै नै सम्पन्न हुने बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend