काठमाडौं - स्थानीय तहको निर्वाचनका लागि कांग्रेसको घोषणापत्रलाई ‘पागलहरुको प्रलाप’भनेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महामन्त्री गगन थापाले जवाफ फर्काएका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा घोषणापत्र तयारी समितिका संयोजक समेत रहेका थापाले जवाफ फर्काएका हुन्। उनले ओलीले सफला र शालीन बोले समचार हुने बताउँदै छाडा बोलेको कुरा नयाँ नभएको बताए।
मंगलबार ओलीले कांग्रेसको घोषणापत्र ‘पागलहरुको प्रलाप’ भएको र एमालेलाई गाली गरेर एमालेकै घोषणाापत्रबाट चोरि गरिएको बताएका थिए। ओलीलाई जवाफ फर्काउँदै थापाले भने, ‘मलाई हिजो एकजना साथीले फोन गरेर ओलीले छाडा बोले भन्नुभयो। मैले ओलीले सफा र शालिन बोलेको भएपछि समचार हुन्थ्यो। छाडा बोकेको कुरा नयाँ होइन भनेँ।
आखिर मुखमा अंगार भएकाले कालै ओकल्ने हो। तर, ती साथीले हामीलाई पागल भनेको सुनाए।’ उनले केपी ओलीले झुटलाई च्यालेन्ज गर्ने मान्छेलाई पागल भन्ने गरेको बताए।
‘केपी ओलीले क–कसलाई पागल भन्नुहुन्छ? हिजो शुसीला कार्की र गोविन्द केसीलाई पागल भन्नुभएको थियो। उहाँका गलत कुरामा च्यालेन्ज कसैले गर्यो भने उहाँले पागल भन्नुहुन्छ,’ थापाले भने, ‘प्याच्च बोलेर उखान मिसाएर हल हसाँएर घर गएर भात खाएर सुत्ने उहाँ मात्रै हो। हामी होइन। कन्टेन्टका बारेमा केही कुरा गरेको भए सिक्न सकिन्छ भन्ने थियो। तर, त्यस्तो होइन रहेछ। हामीले छापेर भ्याएका छैनौं, हाम्रै साथीहरुले पढ्न पाएका छैनन्। तर बुढाले राति उठेर पढ्न भ्याएछन्।’
उनले घोषणापत्रको सुरुवातमा नै खेर गएको पाँच बर्ष उल्लेख गरिएको र अघिल्लो सरकारको आलोचना गरेकाले ओलीलाई असह्य भएको बताए। ‘संकल्पपत्रको सुरुवातमै खेर गएको पाँच बर्ष शिर्षकमा हामीले अघिल्लो सरकारको आलोचना गरेका छौं।
त्यहाँ उहाँको स्तुतीगान राख्ने कुरा पनि भएन। प्रसंशाको एकलाप सुन्ने बानी हुनुभएकाले उहाँले आलोचना सहनसक्नुभएन,’ उनले भने, ‘बुढाबा सनक्क सन्किँदै गर्दा शरिरलाई अप्ठ्यारो पर्न सक्छ।’ उनले ओलीले लजिक नभएर म्याजिक मन पराउने बताए। ‘कन्टेन्टमा कमेन्ट गर्नुभयो की, हाम्रा पनि केही कमजोरी भएकी भनेर सुन्दा केही पनि रहेनछ। बरु हाम्रो घोषणापत्रमा केही पनि छैन भनिदिनुभएछ।
ठीकै हो उहाँलाई लजिक मन पर्दैन, म्याजिक मन पर्छ। हाम्रो संकल्पपत्रमा म्याजिक छैन, लजिक छ,’ उनले भने। आफूलाई महामन्त्री लड्दै गर्दा पनि नारा चोरेको आरोप लगाएका ओलीले घोषणापत्रमा त्यही आरोप लगाएको भन्दै उनले बालकोट गएर ट्यूसन पढाउनुपर्ने अवस्था सिर्जना भएको बताए। ‘म हिजो महाधिवेशनमा महामन्त्री लड्दै गर्दा समुन्नत नेपाल भन्ने कुरा चोर्यो भन्नुभएको थियो।
हिजो पनि चोर्यो भन्नुभएछ,’ उनले भने, ‘म बालकोट नै गएर ट्युसन पढाउनुपर्ने भएछ। तपाईँको समृद्धीको आइडिया चोरिदेला भनेर चिन्ता नलिनुस्, कसैले चोर्दैन। तर एउटा कुरा बुझ्नुस् तपाईको समृद्धी र मेरो मसुन्तीको फरक।
तपाइको समृद्धीमा अहंकारको भ्यू टावर छ। हाम्रो समुन्नतीमा भ्यूटावरबाट तल देखिने मानिसहरुको समस्या छ, दुखः छ। त्यसको समधान छ। हाम्रोमा कुनै घृणा छैन। देशप्रतिको प्रेम छ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।