बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

गगन थापाले एमसीसी पास गर्न खेलेको भूमिकाले प्रचण्डलाई औडाह

गगन थापाले एमसीसी पास गर्न खेलेको भूमिकाले प्रचण्डलाई औडाह

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण १७ २०७८

  • 7.8K
    SHARES

  • गगन थापाले एमसीसी पास गर्न खेलेको भूमिकाले प्रचण्डलाई औडाह

    काठामाडौं - सरकारमा बसेर सडकमा आगो लगाउन उक्साउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले आफ्नै लाज ढाक्न विभिन्न हथकण्डा प्रयोग गर्न विवश छन् ।

    अमेरिकी सहयोग परियोजना एमसीसी व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाले बहुमतले पारित गरेपछि प्रचण्ड फेस सेभिङमा लागेका छन् । विगत दुई वर्षदेखि नेपाली कांग्रेस र सो पार्टीका महामन्त्री गगन थापाले एमसीसी पास गराउन अथक प्रयास गरेका थिए ।

    उनकै महत्वपूर्ण भूमिकाका कारण संसदले एमसीसी अनुमोदन पनि गर्यो । त्यसपछि चौतर्फी रूपमा थापाले प्रशंसा बटुले । गगन थापाकै लाइनमा देश आइपुग्यो ।

    गगनलाई ‘गेम चेन्जर’ भनेर समेत विश्लेषण हुन थाल्यो । त्यसपछि प्रचण्ड आत्तिए । अनि उनले हतार हतार सोमबार निवासमै पत्रकार सम्मेलन गरे ।

    पत्रकार सम्मेलनमा उनले एमसीसी पास गराउन आफूले एक वर्षअघि नै केपी ओली प्रधानमन्त्री हुँदा कुनै न कुनै कागजपत्र संसदबाट पारित गर्न लगाएर गरौं भन्दै जस लिन खोजे ।

    जसको अहिले व्यापक आलोचना भइरहेको छ । एमसीसी संसदमा टेबुल गर्नै नदिने, आफ्ना कार्यकर्तालाई सडकमा आन्दोलनमा उराल्ने, एमसीसीको विपक्षमा मत हाल्ने, नभए गठबन्धन तोड्नेसम्मको हर्कत गरेका प्रचण्ड किन अहिले आफूले नै व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्न चाहेको भन्ने लाइनमा आइपुगे भनेर बुझ्न धेरै सोच्नै पर्दैन ।

    किनभने पछिल्लो समय नेपालको राजनीतिमा कांग्रेसका युवा नेताहरूले जबर्जस्त हस्तक्षेप गरिरहेका छन् । गगन थापा, विश्वप्रकाश शर्माको लाइनमा आगामी दिनमा नेपालको राजनीति चल्ने निश्चित छ ।

    आगामी निर्वाचनसम्म यो चारदलीय गठबन्धन चल्ने भए पनि चुनावमा कांग्रेसले कसैसँग तालमेल नगर्ने संकेत देखिइसकेको छ ।

    कांग्रेस महामन्त्री थापाले आफ्नो पार्टीले एक्लै चुनाव लड्ने घोषणा गरिसकेका छन् । जसले गर्दा प्रचण्डहरू अहिले रन्थनिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend