अर्घाखाँची - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेबाट निर्वाचित अर्घाखाँची पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमलाई पार्टी प्रवेश गराएका छन् ।
सोमबार काठमाडौंबाट हेलिकोप्टरमा अर्घाखाँची पुगेका थापाले गाउँपालिका गौतमसहित करिब दुई सयजनालाई कांग्रेस प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्न कांग्रेस नेताहरु पुष्पा भुसाल, सञ्जय गौतम, युवानेता डिल्लीराम सुवेदीलगायतका नेताहरु कार्यक्रममा सहभागी रहेको कांग्रेस अर्घाखाँचीका नेता डा.इन्द्रमणि पौडेलले जानकारी दिए ।
कांग्रेस महामन्त्री थापा सहभागी कार्यक्रममा हजारौंको उपस्थिति रहेको बताइएको छ ।











मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।