सोमवार, कार्तिक ३ २०८३Oct 19 2026

Logo
images images

पर्यटनमन्त्री प्रेम आलेलाई पहिलो गाँसमा ठुलो झड्का, सर्वोच्च अदालतले सिकायो सबक !

पर्यटनमन्त्री प्रेम आलेलाई पहिलो गाँसमा ठुलो झड्का, सर्वोच्च अदालतले सिकायो सबक !

  • मिडिया डबली
  • बिहिवार, पौष १५ २०७८

  • 8.4K
    SHARES

  • पर्यटनमन्त्री प्रेम आलेलाई पहिलो गाँसमा ठुलो झड्का, सर्वोच्च अदालतले सिकायो सबक !

    काठमाडौं - सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेपछि पर्यटनमन्त्री प्रेम आलेको गाँसमा ठुलो झड्का लागेको छ।

    आलेले नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक पदमा ४ जना वरिष्ठहरुलाई पन्छ्याएर कनिष्ठलाई ल्याउने तयारी गरेका छन् । क्यानका वर्तमान महानिर्देशक राजकुमार क्षेत्रीले यही पुस २३ गतेबाट अनिवार्य अवकाश लिन लागेका छन् ।

    त्यसपछि उक्त पद खाली हुने छ । नियमअनुसार क्षेत्रीले अवकाश लिएपछि रिक्त ठाउँमा भोला गुरागाई, प्रतापबाबु तिवारी, देवचन्द्रलाल कर्ण, हंशराज पाण्डे मध्येबाट एक जनालाई ल्याउनु पर्ने हो ।

    तर मन्त्री आलेले ११ औं तहका जुनियर कर्मचारी प्रदीप अधिकारीलाई क्यानको महानिर्देशक पदमा ल्याउने आश्वासन दिएको स्रोतले बतायो । पर्यटन बोर्डका कार्यकारी अधिकारी रेग्मीको सवालमा भने वनमन्त्री आलेले चाहेको पूरा भएन ।

    पर्यटन स्रोत भन्छ, ‘अदालतले उल्ट्याउन नसक्ने गरी सबै प्रक्रिया पूरा गरेर रेग्मीलाई हटाउन पर्यटन सचिव महेश्वर न्यौपानेलाई मन्त्रीले अह्राएका थिए । ताकि रेग्मीको ठाउँमा अर्को मान्छे ल्याउन सकियोस् ।’

    तर अदालतको अन्तरिम आदेशको कारण आलेको चाहना पूरा भएन । अदालतले दुवै पक्षलाई छलफलका लागि यही माघ ३ गते बोलाएको छ । पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा गत पुस २ गते बसेको पर्यटन बोर्डको बैठकले आलेको चाहना अनुसार रेग्मीलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ १ २०७९१२:२४:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend