आइतवार, कार्तिक २ २०८३Oct 18 2026

Logo
images images
राजनीतिक बिशेष

प्रेम आले ‘भाइरल मन्त्री’ मै सीमित हुने बाटोमा

प्रेम आले ‘भाइरल मन्त्री’ मै सीमित हुने बाटोमा

  • मिडिया डबली
  • मंगलवार, माघ ४ २०७८

  • 5.9K
    SHARES

  • प्रेम आले ‘भाइरल मन्त्री’ मै सीमित हुने बाटोमा

    काठमाडौं - यतिबेला कांग्रेस नेतृत्वको सरकारमा पर्यटमन्त्री प्रेम आलेले एकलौटी चर्चा कमाएका छन् । कांग्रेस, माओवादी केन्द्र र जसपाका मन्त्रीहरू गुमनाम बन्दा जताततै आलेको मात्रै चर्चा परिचर्चा भइरहेको छ ।

    मिडियादेखि सामाजिक सञ्जाल र टिकटकमा समेत आलेकै विषयमा चर्चा भइरहेको छ । एक हिसाबले भन्ने हो भने बेपत्ता भएको देउवा सरकारलाई सबैले सुन्ने बनाएको पर्यटनमन्त्री आलेले नै हो ।

    देउवा सरकारमा एक से एक मन्त्री नभएका होइनन् । परराष्ट्रमन्त्री डा.नारायण खड्का र गृहमन्त्री बालकृष्ण खाँणले राम्रै काम गरेका छन् । बेलाबेलामा सहरी विकासमन्त्री रामकुमारी झाँक्री पनि चर्चामा आउने गरेकी छन् ।

    तर, सकारात्मकभन्दा नकारात्मक चर्चा बढी पाउने गरेकी छन् । एक समय उमेश श्रेष्ठको नकारात्मक चर्चा बढी भएको थियो । तर, नागरिकलाई खोप लगाउन र खरिदमा उनले सफलता पाएपछि श्रेष्ठको चौतर्फी चर्चा भयो ।

    सुरुमा पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीसँग टसल गरेर विवादमा आएका मन्त्री आलेले नारायणहिटी दरबार संग्रहालयमा बतास समूहलाई क्याफ्टेरिया सञ्चालन गर्न अनुमति दिने पूर्वमन्त्री योगेश भट्टराईको काला कर्तुत खोतल्न लागे ।

    अहिले पशुपति धर्मशालाबाट बतास समूहलाई अलग गर्ने अभियानमा लागेका आले हायात होटलतिर अघि बढेका छन् । हायात होटलको बहुमूल्य जग्गा कौडीको भाउका किन्ने व्यापारीको कर्तुत सार्वजनिक गर्ने उनको घोषणा छ ।

    तर, यिनै आलेले लुम्बिनी क्षेत्रमा व्यापारी सुरज वैद्यलाई होट चलाउन दिएको तथ्य बाहिर आएको छ । व्यापारी वैद्य एमाले अध्यक्ष केपी ओली निकट हुन् ।

    उनै वैद्यलाई ओलीले प्रधानमन्त्री हुँदा भिजिट नेपाल २०२० को संयोजक बनाएका थिए । आलेले व्यापारी वैद्यसँग राम्रै लाभ लिएर होटल खोल्न अनुमति दिएको तथ्य बाहिर आएको छ ।

    आले पनि व्यापारी नै हुन् । उनी आर्थिक लाभ नभई कुनै काम गर्दैनन् भन्ने आरोप छ । त्यसैले अहिले सिस्टम बचाउन भन्दा पनि एकजना नेताको राजनीतिक करियर सिध्याउन आले लागेकाले उनलाई भाइरल मन्त्रीको उपमा दिन थालिएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ १ २०७९१२:२४:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend