काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी माथी तुच्छ अभिव्यक्ति दिदै कतै नभएको जात्रा देखाएका छन् ।
पर्यटन बोर्डको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री आलेले गैरजिम्मेवारी ढंगले तुच्छ शब्दहरुको प्रयोग गरेका छन्। पर्यटन बोर्डमा धनञ्जय रेग्मी सिइओ रहेसम्म बोर्डको प्रगति नहुने समेत बताएका हुन् ।
सीईओ रेग्मीको आलोचना गर्दै मन्त्री आलेले भने– धेरै रिसाउनुभो जाम् रक्सी खान भन्ने साँढेलाई राखेर बोर्ड चल्छ ? मन्त्री जस्तो सार्वजनिक पदमा बसेको व्यक्तिले आफू मातहतको कर्मचारीमाथि गरेको गैरजिम्मेवार टिप्पणीको आलोचना सुरु भएको छ ।
'मन्त्रीले कर्मचारीप्रति असन्तुष्टि भए मन्त्रालयमा बोलाएर सोधपुछ गर्न सक्छन् तर सार्वजनिक मन्चमा चरित्र हत्या गर्ने गरि बोल्नु अराजकता हो,' सरकारका एक पूर्व सचिवले भने, 'मन्त्रीमाथि मानहानीको मुद्दा लाग्छ । उहाँलाई कर्मचारीको तेजोवोध गर्ने अधिकार छैन । रेग्मी खुला प्रतिस्पर्धाबाट दुई वर्ष अघि पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका व्यक्ति हुन् ।
५ महिना अघि पर्यटनमन्त्री नियुक्त भएका आले सुरुदेखि नै रेग्मीलाई हटाउने योजनामा छन् । रेग्मीलाई सार्वजनिक रुपमा दुर्व्यवहार गर्नेदेखि कारवाहीका नाममा अनावश्यक प्रपन्च गर्दै आएका छन् ।
बोर्डको सीईओमा आफूअनुकुल मान्छे ल्याउन मन्त्री आले योजनावद्ध रूपमा लागेको मन्त्रालयकै एक अधिकारी बताउँछन् । आलेकै निर्देशनमा रेग्मीलाई निलम्बन गरिएकोमा शुक्रबार सर्वोच्च अदालतले तत्काल कारवाही नगर्न अन्तरीम आदेश दिएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको निर्देशनमा पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले पूर्वाग्रही रुपमा सीईओ रेग्मीलाई निलम्बन गरेको थियो ।
पर्यटन बोर्डमा छोटो समयमै राम्रा कामको थालनी गरेका रेग्मीलाई हटाउन मन्त्री आलेले विभिन्न प्रपञ्च रच्दै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।