काठमाडौं- नेपाली कांग्रेसका लोकप्रिय युबा नेता गगन थापाले महाधिवेशनका लागि सम्पर्क कार्यालय स्थापना गरेका छन्।
राजधानीको बागबजारस्थित होटल हार्दिकमा उनले सम्पर्क कार्यालय खोलेका हुन्। महाधिवेन प्रतिनिधिहरूसँगको छलफल तथा भेटघाटकाका लागि सम्पर्क कार्यालयलाई प्रयोगमा ल्याइने थापाको सचिवालयले जानकारी दिएको छ।
थापाले बुधबार दिउँसो कार्यालयको उद्धाटन गर्ने भएका छन्। गगन थापाले केन्द्रीय महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन्। संस्थापन इतर पक्षमा क्रियाशील रहेका थापाले यसअघि पनि सोही पदमा उम्मेदवारी दिएका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।