काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएका विभिन्न ९ वटा मुलुकबाट नेपाल आउन रोक लगाउने निर्णय गरेको छ ।
बिहीबार मध्यरातदेखि लागू हुने गरी दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाबे, नामिबिया, लोसेथो, इसवाटिनी, मोजाम्बिक, मालावी र हङकङबाट नेपाल आउन रोक लगाइएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रोक लगाउने निर्णय गरेको पर्यटनमन्त्री प्रेमबहादुर आलेले जानकारी दिए । जोखिमयुक्त मुलुकमा अनावश्यक यात्रा नगर्न समेत सरकारले आग्रह गरेको छ ।
नेपालबाट विदेश जाने कर्मचारी पनि पूर्व स्वीकृति लिनुपर्ने समेत जनाइएको छ । प्रतिबन्ध लगाइएका मुलुकको भ्रमण गरेर ३ हप्ता पूरा नगरेका अन्य देशका नागरिकलाई समेत रोक लगाइएको छ ।
ट्रान्जिटमा रहेका यात्रुलाई नेपाल आएपछि आफ्नै खर्चमा ७ दिन क्वारेन्टीनमा राख्ने निर्णय पनि सरकारले गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।