शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

देउवा पक्षले जित्यो अर्काे जिल्ला सभापति, प्यानल नै जितेपछि प्रतिस्पर्धी ‘क्लीन स्वीप’

देउवा पक्षले जित्यो अर्काे जिल्ला सभापति, प्यानल नै जितेपछि प्रतिस्पर्धी ‘क्लीन स्वीप’

  • मिडिया डबली
  • मंगलवार, मंसिर १४ २०७८

  • 4.5K
    SHARES

  • देउवा पक्षले जित्यो अर्काे जिल्ला सभापति, प्यानल नै जितेपछि प्रतिस्पर्धी ‘क्लीन स्वीप’

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भएको जिल्ला अधिवेशनबाट बर्दियाको जिल्ला सभापति पदमा अरुण प्रकाशसिंह राठौर विजयी भएका छन् ।

    सभापति शेरबहादुर देउवा पक्षका राठौर प्यानलसहित विजयी भएका छन् ।

    विजयी राठौरले ८८० मत पाएका छन् भने प्रतिद्वन्द्वी भुवनेश्वर थारु ६७८ मतमै सीमित भएका छन् ।

    जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमिति उपसभापति पदमा गोविन्दप्रसाद थारु र सोदे विष्ट विजयी भएका छन् ।

    कार्यसमिति सचिव पदमा जग्गाप्रसाद पाण्डे र मिनराज चौधरी तथा सहसचिव पदमा तिलकराज लम्साल र मेकबहादुर गुरुङ निर्वाचित भएका जनाइएको छ ।

    यसअघि देउवा पक्षकै सभापति दुर्लभ थापा भक्तपुरमा विजयी भएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend