बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

कांग्रेस काठमाडौंमा सबुज र उपेन्द्रबीच टक्कर, गगन थापाको साथ कसलाई ?

कांग्रेस काठमाडौंमा सबुज र उपेन्द्रबीच टक्कर, गगन थापाको साथ कसलाई ?

  • मिडिया डबली
  • बिहिवार, मंसिर ९ २०७८

  • 9.4K
    SHARES

  • कांग्रेस काठमाडौंमा सबुज र उपेन्द्रबीच टक्कर, गगन थापाको साथ कसलाई ?

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भोलि शुक्रबार हुने काठमाडौं जिल्ला कार्यसमितिको अधिवेशनमा सभापति पदमा कृष्णसबुज बानियाँ र उपेन्द्र कार्कीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

    बानियाँ काठमाडौंका बहालवाला सभापति समेत हुन् । उनी फेरि एक कार्यकाल सभापति पदमा दोहोरिन चाहेका छन् । बानियाँ नेता प्रकाशमान सिंहनिकट मानिन्छन् ।

    काठमाडौं कांग्रेसमा सिंह र युवा नेता गगनकुमार थापाको प्रभाव देखिएको छ । युवा नेता थापाले समेत बानियाँलाई नै समर्थन गर्ने भएका छन् ।

    अर्का उम्मेदवार कार्की सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट संयुक्त रुपमा सभापति पदमा उम्मेदवार हुने भएका छन् ।

    कांग्रेसको वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा क्षेत्रमा सिंह र थापा नेतृत्वले अधिकांश स्थान जीत हात पारेको छ । सभापति बानियाँलाई एक कार्यकाल सभापति बनाउने सिंह–थापा पक्षबीच यसअघि नै सहमति भएको हो ।

    कार्कीले बिहीबार बसुन्धारामा पत्रकार सम्मेलन गरेर काठमाडौं सभापति उठ्ने घोषणा गर्ने भएका छन् । एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएका जिल्लामा कांग्रेसले मंसिर १० गते शुक्रबारका लागि जिल्ला अधिवेशन गर्दैछ ।

    एक मात्र प्रतिनिधिसभा क्षेत्र भएका जिल्लामा मंसिर ६ गते नै जिल्ला अधिवेशन भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend