काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएका प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका नतिजा सार्वजनिक हुनेक्रम जारी छ ।
कैलाली जिल्लाका ५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ४ वटामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चुनिएको छ ।
नेपाली कांग्रेस कैलालीका प्रचारप्रसार विभाग प्रमुख नृपबहादुर सुनारले सबै निर्वाचन क्षेत्रमा निर्वाचन प्रक्रियामार्फत क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधि चयन गरिएका बताएका छन् । १ नम्बर निर्वाचन क्षेत्रमा निवर्तमान सभापति भुवन अधिकारीलाई पराजित गर्दै सचिव प्रकाश शाह सभापतिमा निर्वाचित भएका छन् ।
२ नम्बर निर्वाचन क्षेत्रमा निवर्तमान सभापति रामबहादुर विष्टलाई पराजित गर्दै लम्कीचुहा नगरपालिका–२ का निर्वाचित वडाध्यक्ष विष्णु ढकाल क्षेत्रीय सभापति पदमा विजयी भएका छन् ।
३ नम्बर क्षेत्रमा गोकेन्द्र भण्डारीलाई पराजित गर्दै रीता चौधरी सभापति पदमा निर्वाचित भएकी छन् ।
४ नम्बर क्षेत्रमा बसन्त रोकाया ‘ललित’ सभापति पदमा निर्वाचित भएका छन् । निवर्तमान सभापति दिनेशराज जोशीलाई पराजित गर्दै रोकाया सभापति निर्वाचित भएका हुन् । निर्वाचित सबै क्षेत्रीय सभापति शेरबहादुर देउवा पक्षका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।