काठमाडौं - नेपाली कांग्रेसका नेतख गगन थापाले अर्को उदाहरणीय काम गरेका छन् ।
उनले आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ ४ को सभापतिमा श्यामकृष्ण संगतलाई सर्वसम्मत रूपमा चयन गराएका छन् ।
सभापतिबाहेक अन्य पदाधिकारी, सदस्य र महाधिवेशन प्रतिनिधिका लागि भने मतदान भइरहेको छ । काठमाडौं ४ मा कुल ३०७ मतदाता छन् । काठमाडौंमा नेता थापाको राम्रो पकड देखिएको छ ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिमा राजु थापा, न्हुच्छेनारायण श्रेष्ठ, रामकाजी श्रेष्ठ, राजु श्रेष्ठ, विनोद चालिसे, भोलानाथ लामिछाने, अच्चुत पौडेल, श्रीराम लामिछाने, मनोज वैद्य, अरुणसिंह बस्नेत, दिव्यमणिराज भण्डारी र सत्यमान लामा छानिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।