काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज सोमवार ६० जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन हुँदैछ ।
देशभरका ६० जिल्लाका १४८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सोमवार अधिवेशन सुरू हुन लागेको काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले जानकारी दिए ।
संयोजक यादवले १४ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको र आज ६० जिल्लामा अधिवेशन हुन लागेको बताए । ‘१४ जिल्लाको प्रतिनिधिसभा क्षेत्रस्तरीय अधिवेशन सम्पन्न भइसकेको छ । बाँकी रहेका १४८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सोमवारबाट अधिवेशन हुँदैछ ।’
तर सर्लाही, सिन्धुपाल्चोक र रसुवामा अधिवेशन प्रक्रिया रोकिएको छ । ती जिल्लाको विवाद समाधानका लागि महामन्त्री डा. शशांक कोइराला र सहमहामन्त्री डा. प्रकाशशरण महतबीच छलफल भइरहेको छ ।
सोमबार प्रतिनिधिसभा क्षेत्रीय र एक निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पनि हुनेछ । मंसिर १० गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन हुने जनाइएको छ ।
सोमवार केन्द्रीय महाधिवेशनका मतदाता महाधिवेशन प्रतिनिधि समेत चयन गरिनेछन् । वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले प्रतिनिधिसभा निर्वाचन क्षेत्रको नेतृत्व र महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान गर्ने भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।