शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कांग्रेस चुनावको मतगणनामा अर्काे बबन्डर, रक्सीको बोतल प्रहार भएपछि स्थानीय नेता घाइते

कांग्रेस चुनावको मतगणनामा अर्काे बबन्डर, रक्सीको बोतल प्रहार भएपछि स्थानीय नेता घाइते

  • मिडिया डबली
  • आइतवार, मंसिर ५ २०७८

  • 4.3K
    SHARES

  • कांग्रेस चुनावको मतगणनामा अर्काे बबन्डर, रक्सीको बोतल प्रहार भएपछि स्थानीय नेता घाइते

    काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बैतडीमा प्रदेशसभा क्षेत्रीय अधिवेशनको चुनावमा मतगणना भइरहेको बेला बोतल प्रहार हुँदा १ जना घाइते भएका छन् ।

    शनिबार राति जिल्ला सदरमुकाम शाहीलेकस्थित मतगणना स्थलमा मतगणना भइरहेका बेला अज्ञात समूहले बोतल प्रहार गर्दा १ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

    यसअघि शुक्रबार रुपन्देहीमा समेत मतगणनास्थलमा कुटपिट भएको थियो । बैतडीको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना भइरहेका बेला मतगणना स्थलमा प्रहार गरिएको रक्सीको बोतलले लागेर दशरथचन्द नगरपालिका–६ का कांगेस नेता अर्जुन रावल घाइते भएका जनाइएको छ ।

    आक्रमण कसले गर्‍यो भन्नेबारे नखुलेको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी बोधराज ओझाले जानकारी दिए । राति १० बजेतिर अँध्यारोमा बोतल प्रहार भएको थियो ।

    बोतल प्रहारबाट घाइते भएका रावलको टाउकोमा चोट लागेपछि जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend