शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

प्रदेशसभा अधिवेशनमा देउवा पक्षको बहुमत, यस्तो छ पछिल्लो नतिजा 

प्रदेशसभा अधिवेशनमा देउवा पक्षको बहुमत, यस्तो छ पछिल्लो नतिजा 

  • मिडिया डबली
  • आइतवार, मंसिर ५ २०७८

  • 4.0K
    SHARES

  • प्रदेशसभा अधिवेशनमा देउवा पक्षको बहुमत, यस्तो छ पछिल्लो नतिजा 

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शुक्रवार देशैभर प्रदेशसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन भएका छन् । ती अधिवेशनमा भएको चुनावको नतिजा आउनेक्रम जारी रहेको छ ।

    जसअन्तर्गत सिन्धुलीमा भएको चुनावमा सभापति शेरबहादुर देउवा पक्षको स्पष्ट बहुमत आएको छ । कूल ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा ३ क्षेत्रको नतिजा सार्वजनिक भएको छ । जसमा २ क्षेत्रमा देउवा पक्ष र १ क्षेत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार विजयी भएका छन् ।

    प्रदेशसभा क्षेत्र नम्बर २(क) मा विवादका कारण शुक्रवार निर्वाचन स्थगित भएको छ भने अन्य ३ वटामा मतपरिणाम सार्वजनिक भएको छ ।

    प्रदेशसभा क्षेत्र नम्बर १(क) को सभापतिमा चेतनारायण धामी र १(ख) को सभापतिमा चन्द्रदीप कोइराला विजयी भएका छन् । क्षेत्र नम्बर २(ख) मा विक्रम घलान विजयी भएका जिल्ला निर्वाचन अधिकृत लिखतबहादुर खड्काले बताएका छन् । विजयी भएका तीनै जनामध्ये घलान र धामी देउवा पक्ष र कोइराला पौडेल पक्षका रहेका छन् ।

    सिन्धुलीसहित अधिकांश जिल्लामा देउवा पक्ष अगाडि देखिएको छ भने संस्थापनइतर समूहमा पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गगनकुमार थापा, शेखर कोइराला लगायतका छुट्टाछुट्टै गुट देखिएका छन् । जसले गर्दा आसन्न महाधिवेशनमा सभापति देउवालाई सहज हुने विश्लेषण भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend