काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएका प्रदेशसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशनका नतिजा आइरहेका बेला पाँचथर जिल्लामा माध्यामिक विद्यालय तहका प्रधानाध्यापक (हेडसर) क्षेत्रीय सभापतिमा विजयी भएका छन् ।
आज शनिवार साँझ सकिएको मतगणनाको परिणामअनुसार प्रतिस्पर्धी कुमार राई ‘प्रताप’लाई ३२ मत अन्तरले हराउँदै प्रधानाध्यापक भगिश्वर योङहाङ विजयी भएका छन् ।
पाँचथरको हिलिहाङ गाउँपालिका–४ स्थित सिद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक भगिश्वर योङहाङ प्रदेशसभा निर्वाचन क्षेत्र (क) को क्षेत्रीय सभापति पदमा विजयी भएका छन् । उनी यसअघि समेत कांग्रेसको क्षेत्रीय सभापति रहेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।