आइतवार, कार्तिक २ २०८३Oct 18 2026

Logo
images images

शेरबहादुर देउवा निकट यी नेताले जिते सभापति पदको चुनाव, कति छ मतान्तर ?

शेरबहादुर देउवा निकट यी नेताले जिते सभापति पदको चुनाव, कति छ मतान्तर ?

  • मिडिया डबली
  • शनिवार, मंसिर ४ २०७८

  • 7.3K
    SHARES

  • शेरबहादुर देउवा निकट यी नेताले जिते सभापति पदको चुनाव, कति छ मतान्तर ?

    काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन  नजिकिँदै गर्दा सभापति शेरबहादुर देउवाको प्रभाव देशभर देखिन थालेको छ ।

    लमजुङ जिल्लाको प्रदेशसभा क्षेत्र नम्बर (क) को निर्वाचनमा संस्थापन अर्थात् देउवा पक्ष निकट रहेका दरजङ्ग गुरुङ सभापति पदमा विजयी भएका छन् ।

    सभापति गुरुङसँगै क्षेत्रीय कार्यसमितिका पदाधिकारी सबैमा देउवा पक्षकै उम्मेदवार विजयी भएका छन् । आज शनिवार साँझ सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार संस्थापनइतर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष निकट मानिएका विजय गुरुङ ४० मतान्तरले पराजित भएका हुन् ।

    सभापति पदमा विजयी दरजङ्ग गुरुङले ३२८ मत ल्याउँदा प्रतिद्वन्द्वी विजय गुरुङले २८८ मत पाएका छन् ।

    उपसभापति पदमा देउवा पक्षकै धनप्रसाद गुरुङ ३२३ मत र मंगामाया गुरुङ ३१३ मतसहित विजयी भएका छन् । प्रतिद्वन्द्वी गोविन्द दवाडीले २५९ र डीलप्रसाद अधिकारीले २६५ मत ल्याए ।

    सचिव पदमा देउवा पक्षकै टेकेन्द्रनाथ चिलुवाल ३३३ र विमल पौडेल ३०१ मतसहित विजयी भएका छन् । प्रतिद्वन्द्वी पशुपति अधिकारीले २६० र योगेश्वर घिमिरे ‘योगेश’ले २४२ मत मात्रै ल्याएका छन् ।

    सहसचिव पदमा देउवा पक्षकै ऋषिराज दवाडीले ३३९ मत र राजन दवाडीले २८३ मत ल्याएर जीत हात पारेका छन् । प्रतिद्वन्द्वी दीपेन्द्र चिलुवालले २४१ र भारती गुरुङले २७० मत पाएका छन् ।

    शुक्रवार भएको मतदानमा प्रदेशसभा (क) मा कूल ६६७ जना प्रतिनिधिमध्ये ६४४ जनाले मतदान गरेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend