काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत मकवानपुरको प्रदेशसभा निर्वाचन क्षेत्र २(क) बाट युवा नेता मिलन पुडासैनी प्रदेश अधिवेशन प्रतिनिधिमा सानदार मतसहित विजयी भएका छन् ।
नेता पुडासैनी लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय रहेर मकवानपुरमा सक्रिय छन् ।
आज शनिवार मकवानपुर प्रदेशसभा २(क) मा भएको चुनावमा भारी मत ल्याउँदै पुडासैनी प्रदेश अधिवेशन प्रतिनिधि चुनिएका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका नेता तथा मकवानपुर जिल्ला सभापति ईन्द्र बानियाँका प्रमुख स्वकीय सचिवका रुपमा समेत लामो समयदेखि कार्य गर्दै आएका छन् पुडासैनी ।
प्रदेश प्रतिनिधिमा कूल खसेको मत ५२७ मतमा ३१८ मत पाएर उनी विजयी भएका छन् ।
पुडासैनीले आफूलाई मत दिने मतदाताको आफू ऋणी भएको र प्रदेश प्रतिनिधिका हिसाबले आफ्नो जिम्मेवारी पूर्णरूपमा बफादार भई निर्वाह गर्ने घोषणा समेत गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।