शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

मध्यराति कांग्रेसको मतगणनामा मुकुण्डोधारी गुण्डाको आक्रमण, गम्भीर घाइतेलाई रेफर

मध्यराति कांग्रेसको मतगणनामा मुकुण्डोधारी गुण्डाको आक्रमण, गम्भीर घाइतेलाई रेफर

  • मिडिया डबली
  • शनिवार, मंसिर ४ २०७८

  • 5.9K
    SHARES

  • मध्यराति कांग्रेसको मतगणनामा मुकुण्डोधारी गुण्डाको आक्रमण, गम्भीर घाइतेलाई रेफर

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शुक्रबार भएको प्रदेशसभा क्षेत्रीय निर्वाचनका क्रममा रुपन्देही मतगणनास्थलमा मध्यराति आक्रमण मुकुण्डोधारी गुण्डा समूहले आक्रमण गरेको छ 

    आक्रमणमा उम्मेदवारसहित ५ जना घाइते भएका र १ जना गम्भीर घाइते भएका जनाइएको छ ।

    प्रदेशसभा क्षेत्र नम्बर ३(क) को मतगणनास्थल सिद्धार्थनगर नगरपालिकास्थित भैरहवामा शुक्रबार मध्यराति मुख छोपेर आएका मुकुण्डोधारी युवाले आक्रमण गरेका छन् ।

    मतगणना भइरहेको बेला मध्यराति जेनेरेटर बन्द गराउँदै गुण्डाहरू मतगणनास्थलमा प्रवेश गरेर आक्रमण गरिएको स्थानीय नेताहरूले बताएका छन् ।

    आक्रमणबाट सामान्य घाइते भएका ४ जनाको भैरहवामा उपचार भइरहेको र गम्भीर घाइते भएका क्षेत्रीय सचिवका उम्मेदवार शैलेश पन्तलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा रेफर गरिएको छ ।

    मध्यरातिको आक्रमणपछि मतगणना कार्य स्थगित गरिएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend