काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको नेतृत्वमा बनेको गठबन्धनले देशभर लोकप्रिय कामहरू गरिरहेको बेला कांग्रेस सम्मिलित बागमती प्रदेश सरकारले छाोरीहरूलाई स्नातकोत्तरसम्म निःशुल्क पढाउने निर्णय गरेको छ ।
सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेर सामुदायिक क्याम्पसमा नै स्नातक र स्नातकोत्तर गर्न चाहने प्रदेशभरका छोरीहरुलाई निःशुल्क पढाउने निर्णय प्रदेश सरकारले गरेको छ ।
प्रदेशका छोरीहरुको पहुँच उच्च शिक्षामा पुर्याउन सामुदायिक विद्यालयबाट एसईई पास गरेका छोरीहरुलाई स्नातकोत्तर तहसम्म प्रदेश सरकारले पढाइदिने निर्णय भएको छ ।
निःशुल्क शिक्षा योजनालाई चालू आर्थिक वर्षबाट नै लागू गर्ने गरी सरकारले कार्यविधि बनाइरहेको स्रोतले जनाएको छ ।
प्रदेश सरकारले प्रदेशभरका सीमान्तकृत र उत्पीडित वर्गका छोराछोरीले एसईईपछि प्राविधिक विषय पढ्न चाहे प्रदेश सरकारले पढाइदिने निर्णय समेत गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।