आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

अफगानिस्तानको विषयमा भएको क्षेत्रीय सम्मेलनमा पाकिस्तान उपस्थित नहुनु स्वभाविक हो : भारत

अफगानिस्तानको विषयमा भएको क्षेत्रीय सम्मेलनमा पाकिस्तान उपस्थित नहुनु स्वभाविक हो : भारत

  • मिडिया डबली
  • बुधवार, मंसिर १ २०७८

  • 5.2K
    SHARES

  • अफगानिस्तानको विषयमा भएको क्षेत्रीय सम्मेलनमा पाकिस्तान उपस्थित नहुनु स्वभाविक हो : भारत

    नयाँ दिल्ली - अफगानिस्तानमा विषयमा भारतको नयाँ दिल्लीमा भएको क्षेत्रीय सम्मेलनमा पाकिस्तानमो अनुपस्थिति कुनै आश्चार्य नभएको बताइएको छ।

    भारतले अफगानिस्तानको पछिल्लो विकसित घटनाक्रमबारे छलफल गर्नका लागि विभिन्न छिमेकी तथा क्षेत्रीय मुलुकहरुको सुरक्षा सम्मेलन गरेको थियो।

    उक्त सम्मेलनमा पाकिस्तान भने सहभागी भएको थिएन। पाकिस्तानको अनुपस्थितिका विषयमा भारतीय पक्षले अफगानिस्तानका विषयमा दिल्ली क्षेत्रीय सुरक्षा सम्मेलनबारे पाकिस्तानले गरेको निर्णय दुर्भाग्यपूर्ण भए पनि आश्चार्यजनक नभएको बताएको छ।

    पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद युसुफले सार्वजनिकरुपमा नै भारतमा भएको सुरक्षा सल्लाहकारहरुको बैठकमा उपस्थित नहुने घोषणा गरेका थिए। चीनले भने उक्त बैठकका विषयमा कुनै प्रतिक्रिया दिएको छैन।

    भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलको अध्यक्षतामा बसेको बैठकले अफगानिस्तानमो पछिल्लो घटनाक्रमप्रति ध्यानाकर्षण भएके जनाउँदै अफगानिस्तानलाई आतंकवादको आश्रयस्थल बन्न नदिने, अफगानिस्तानको शान्ति तथा स्थायित्व कायम गर्न पहल गर्ने र अफगानी नागरिकलाई तत्काल मानवीय सहायता उपलब्ध गराउने सहमति गरेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend