नयाँदिल्ली – अगामी महिना रूसले अत्याधुनिक एस-400 मिसाइल सिस्टमको पहिलो खेप भारतलाई निर्यात गर्ने भएको छ । भारतको रक्षा सामर्थ्यमा छिट्टै नै सामेल हुने यस रूसी मिसाइल डिफेन्स सिस्टमबाट पूरा विश्व हल्लिने गर्छ। खासहरी यसबाट चीन र पाकिस्तान त्रसित हुने गरेको छ।
भारतीय वायुसेनाको 8 सदस्यीय एक टीमले यस वर्षको शुरूआतदेखि नै रूसमा एस-400 को प्रशिक्षण लिइरहेछ।
दुबईमा एयरशो शुरू हुनअघि रूसी सैन्यप्रविधी सहयोगको निम्ति संघीय सेवा (एफएसएमटीसी) का निर्देशक दिमित्री शुगेवले मीडियालाई जानकारी गराए कि रूसले भारतलाई एस-400 को डेलीवरी शुरू हुने भएको छ। आगामी महिना भारत यात्रामा रूसका राष्ट्रपति व्लादिमीर पुटिन आउने सम्भावनाको मध्यनजर भ्रमण कै बेला पहिलो खेपको डेलीवरी गरिने योजना बनाइएको छ। भारतले रूसबाट पाँच एयर डिफेन्स सिस्टम एस-400 किन्नको निम्ति 5.43 बिलियन डलर अर्थात् 64,000 करोड़ रूपियाँमा डिल गरेको थियो।
भारतीय वायुसेनाले एस-400 'ट्रायम्फ' मिसाइलको कूल पाँच रेजीमेन्ट (फ्लाइट) पाउनुछ। हरेक फ्लाइटमा आठ लाञ्चर छ र हरेक लाञ्चरमा दुई मिसाइल छन्। भारतले यसको निम्ति 2019 मा 80 करोड़ डलर (लगभग (9548 करोड़ रूपियाँ) को पहिलो किश्ता समेत भुकतान गरिसकेको छ।
यस मिसाइल सिस्टमले एकसाथ मल्टी टारगेटलाई निशाना बनाएर शत्रुको लड़ाकू विमान, हेलीकप्टर र यूएवीलाई नष्ट गर्नसक्छ। यस मिसाइल सिस्टमको दूरी लगभग 400 किमी छ अर्थात् यदि शत्रुको मिसाइलले कुनै विमान वा संस्थानमाथि हमला गर्ने प्रयास गरे यो मिसाइल सिस्टम 400 किमी दूरीबाटै नष्ट गर्नमा सक्षम छ। यो एन्टी-बेलिस्टिक मिसाइल आवाजको गतिभन्दा पनि तीव्र बेगमा हमला गर्नसक्छ। सतहदेखि हावामा मार गर्ने यो रूसी मिसाइल प्रणाली 400 किमीसम्मको दूरी र 30 किमीसम्मको उचाईमा लक्ष्यलाई नष्ट गर्नमा सक्षम छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।