आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

चीनमा भेटियो नयाँ भाइरस : मानिसमा पनि संक्रमण, अर्काे माहामारीको चरम रुप लिने चेतावनी

चीनमा भेटियो नयाँ भाइरस : मानिसमा पनि संक्रमण, अर्काे माहामारीको चरम रुप लिने चेतावनी

  • मिडिया डबली
  • मंगलवार, आषाढ १६ २०७७

  • 19.1K
    SHARES

  • चीनमा भेटियो नयाँ भाइरस : मानिसमा  पनि संक्रमण, अर्काे माहामारीको चरम रुप लिने चेतावनी

    चीनमा फेरि एउटा नयाँ भाइरस फेला परेको छ । वैज्ञानीकहरुले उक्त भाइरस मानवजाति मा पसे माहामारीको रुप लिनसक्ने चेतावनी समेत दिएका छन् ।

    सुँगुरमा पाइएको  फ्लू गराउने नयाँ किसिमकाे भाइरस मानिसमा सरेपछि महामारीको रुप लिन सक्ने वैज्ञानिकहरूको चेतावनी छ।


    अध्ययनकर्ताहरुले उक्त भाइरसले आफ्नो स्वरुप परिवर्तन गरी सहजै एकअर्कामा सर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ। यो भाइरसमा मानिसलाई संक्रमित गराउन सक्ने, तीव्ररूपमा फैलिन सक्ने लगायतका सबै प्रकारका संभावना र लक्षण रहेको वैज्ञानिकहरूको भनाइ छ।

    यो नयाँ भाइरस भएकाले यस्तो भाइरसविरुद्ध मानिसमा प्रतिरोधात्मक क्षमता नहुने भएकाले सचेत हुनुपर्ने वैज्ञानिकहरूको चेतावनी छ। संसार कोरोना भाइरसबाट आक्रान्त भइरहेका बेला चिनियाँ शीर्ष वैज्ञानिकहरु नयाँ फ्लूका विषयमा चिन्तित बनेका हुन्।

    चीनमा सुँगुरकाे मासु फेक्ट्रि एवं स्वाइन कम्पनीमा काम गर्नेहरूमा याे भाइरसकाे संक्रमण भइसकेकाे हुन सक्ने अनुमान गरिएकाे छ । विश्व काेराेना भाइरसकाे माहामारीसँग जुधिरहेका बेला याे भाइरसले फेरि माहामारी निमत्याउनसक्ने ठानिएकाे छ । याे भाइरसविरूद्धकाे खाेप पनि छैन् ।

    याे भाइरस इन्फ्लुएन्जा नै गराउने तर खराब रूपमा परिवर्तन भएकाे भाइरसकाे प्रजाती रहेकाे बीबीसीमा उल्लेख गरिएकाे छ ।

    एजेन्सी ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र १६ २०७७०८:३८:३३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend