चीनका लागि अमेरिकामा जासुसी गर्दै आएका एक सिंगापुरी नागरिक दोषी ठहर भएका छन् । सिंगापुरी नागरिक वेई येओलाई अमेरिकी संघिय अदालतले दोषी ठहर गरेको हो ।
सिंगापुरी नागरिकले अमेरिकामा राजनीतिक कन्सल्टेन्सी चलाएर चीनका लागि झण्डै ४ वर्ष जासुसी गरेका हुन् । सो समयमा उनले अमेरिकी गोप्य सुचनाहरु चिनियाँ गुप्तचरलाई दिने गरेका थिए ।
सन् २०१५ देखि यस्तो काम गर्दै आएका येओ सन् २०१९मा पक्राउ परेका थिए । उनलाई शनिबार अमेरिकी अदालतले दोषी ठहर गरेको हो ।
त्यस्तै चिनियाँ सेनासँग सम्बन्ध राखेर अमेरिकामा अनुसन्धानकर्ताको रुपमा काम गर्दै आएका एक अर्का अमेरिकी नागरिकलाई समेत अमेरिकी हिरासतमा राखिएको छ । ३७ वर्षीय जुआन टाङलाई हिरासतमा राखेको हो ।
पछिल्लो समय चीन र अमेरिकाबीचको तनाव बढ्दो क्रममा रहेको छ । अमेरिकाले ह्युस्टन स्थित चिनियाँ वाणिज्य दुतावास बन्द गरेको छ । बौद्धिक सम्पती चोरी गरेको आरोपमा उक्त दुतावासमा आगलागी गरी बन्द गरिएको थियो ।
चीनले बिना कुनै कारण सिचुवान प्रान्तमा रहेको अमेरिकी वाणिज्य दुतावास बन्द गर्नका लागि निर्देशन दिएको छ । अमेरिकाले चिनियाँ दुतावास बन्द गरेको बदलामा चीनले पनि उस्तै बदला लिन खाजेको हाे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।