शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

प्रधानमन्त्री देउवाले छठको अवसरमा दिए यस्तो शुभकामना !

प्रधानमन्त्री देउवाले छठको अवसरमा दिए यस्तो शुभकामना !

  • मिडिया डबली
  • बुधवार, कार्तिक २४ २०७८

  • 3.2K
    SHARES

  • प्रधानमन्त्री देउवाले छठको अवसरमा दिए यस्तो शुभकामना !

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक र सांस्कृतिक महत्त्वका साथ उदाउँदो र अस्ताउँदो सूर्यलाई अघ्र्य दिई मनाइने छठ पर्वको अवसरमा सबै नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।

    छठ पर्वका अवसरमा बुधबार शुभकामना सन्देश दिँदै देउवाले विविधताभित्र एकता र सामाजिक सदभाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण रहेका बताए ।

    यही सद्भाव र एकतालाई प्रबद्र्धन गर्ने उदाहरणीय पर्वमध्येको छठ पर्व पनि एक भएको बताउँदै प्रधानमन्त्री देउवाले छठ पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

    विगतमा विशेष गरी तराई क्षेत्रमा मनाइने छठ पर्व हाल नेपालको एक विशिष्ट पहिचान सहितको साझा पर्वको रूपमा नेपालभर विस्तार भएको र हाम्रा संस्कृति र संस्कारमा आ–आफ्ना विशिष्ट पहिचानका विशेषता रहेको देउवाले जनाएका छन् ।

    कोभिड–१९ नियन्त्रणका लागि अवलम्बन गरेका नीतिहरु प्रभावकारी देखिए पनि कोभिड–१९ जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्डको पालना गर्दै हर्षोल्लासपूर्वक पर्व मनाउन उनले आग्रह गरे । प्रधानमन्त्री देउवाले छठ पर्वले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend