काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भेटवार्ता गरेका छन् ।
आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने शर्माको औपचारिक घोषणापछि पहिलोपटक देउवासँग भेटवार्ता भएको छ ।
भेटमा शर्माले तेजाब आक्रमण निरुत्साहित गर्ने अध्यादेश पारित गरेर अमानवीय प्रवृत्तिविरुद्ध राज्य कठोर बन्नुपर्ने सुझाव देउवालाई दिएका छन् ।
शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्रीको जवाफ थियो – यो मानवीय र साझा विषय हो । कानून बनाउन मात्र होइन, कार्यान्वयन गर्न पनि सरकार लाग्छ, म यसमा प्रस्ट छु र दृढ़ छु ।’
प्रवक्ता शर्माले पार्टी महाधिवेशनको तयारी, महामन्त्रीमा उम्मेदवारी घोषणा, सरकारका उपलब्धि र कमजोरी लगायत विषयमा पनि देउवासँग छलफल भएको जानकारी दिए ।
भेटमा प्रचार विभागले महाधिवेशन पूर्व ‘चिन्तन चौधौं महाधिवेशन’ आयोजना गर्ने निर्णय गरेको जानकारी समेत गराएको शर्माले जनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।