काठमाडौं – नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनले कांग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेसँगै सञ्चार मन्त्रालय समेत कांग्रेसकै भागमा परेको छ ।
प्रधानमन्त्री रहेकै दलले सञ्चारमन्त्री राख्ने र सञ्चारमन्त्री नै प्रवक्ता हुने कुरा जायज हुने तर्कसहित कांग्रेसले सञ्चार मन्त्रालय आफ्नो मागमा पारेको छ ।
सञ्चारमन्त्रीमा हालका सरकारका प्रवक्ता तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जिम्मेवारी पाउने स्रोतले जनाएको छ । बालुवाटारमा गठबन्धनका नेताबीच छलफल चलिरहेकाले अन्यथा सहमति भएबाहेक कार्की सञ्चारमन्त्री बन्ने भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारीनिवास बालुवाटारमा मंगलबार बसेको गठबन्धनको बैठकले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय समेत गरेको छ । परराष्ट्रमन्त्री बन्न लागेका खड्काको शपथ भोलि बुधबार हुनेछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको गठबन्धनका शीर्ष नेताको बैठक साँझ साढे ६ बजेदेखि मन्त्रिपरिषद् विस्तारबारे छलफलमा जुटेका छ ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल लगायत सहभागी रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।