काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले सुकुम्बासी समस्या समाधान आयोग गठन गर्ने निर्णय गरेको छ ।
आयोगको अध्यक्षमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघका पूर्व केन्द्रीय अध्यक्ष केशव निरौला नियुक्त भएका छन् ।
हिजो मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले मोरङका निरौलालाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ ।
देउवा सरकारले यसअघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बनाएको एमाले नेता देवी ज्ञवाली नेतृत्वको सुकुम्बासी आयोग विघटन गरेको थियो । नयाँ आयोग गठन गर्न देउवा सरकारमाथि जनस्तरबाट चर्काे दबाब रहेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।