काठमाडौं – नेपाली कांग्रेसका युवा नेता, केन्द्रीय खेलकुद विभाग सचिव, राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष, कराँतेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जनले लगनखेल डोजोका खेलाडीहरूलाई ‘ट्रयाकसुट’ पोशाक वितरण गरेका छन् ।
भक्तपुर जिल्लाको मध्यपुर नगरपालिका ठिमीमा सञ्चालन हुन लागेको प्रथम मेयर कप कराँते प्रतियोगिताका लागि कराँते खेलाडीलाई ट्रयाकसुट वितरण गरेका थिए ।
नेता महर्जनले लगनखेल डोजो नेपालकै उत्कृष्ट डोजो भएको र लगनखेल डोजोले सयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको उनले बताए । वर्तमान अवस्थामा खेलकुद गतिविधि शून्य अवस्थामा रहेको र खेलकुद पदाधिकारी भ्रष्टाचारमा चुलुम्म डुबेकाले त्यस्ता व्यक्तिबाट खेलकुद गतिविधि अगाडि नबढ्ने समेत बताए ।
नेता महर्जनले जापानमा सम्पन्न ओलम्पिक खेलमा ४ जना खेलाडी ४० जना अफिसियल गएर राज्यको ढुकुटी दुरुपयोग गरेको समेत उनले बताए । नेता महर्जन खेलकुद जगतका हस्तीको रूपमा परिचित छन् ।
ट्रयाक सुट वितरण कार्यक्रममा किक बक्सिङ पूर्व राष्ट्रिय खेलाडी ललितपुर किक बक्सिङ संघ अध्यक्ष विनोद महर्जन, १३औं साग स्वर्ण पदक विजेता विप्लपलाल श्रेष्ठ, किक बक्सिङ खेलाडी सरोज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।