काठमाडौं - नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापाले १४औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका छन्।
नेपाली कांग्रेस काठमाडौं–३० ले सोमबार आयोजना गरेको कार्यक्रममार्फत उनले यस्तो घोषणा गरेका हुन्। थापाले आफूले औपचारिक रूपमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।
१३औं महाधिवेशनमा पनि थापाले महामन्त्रीमा उम्मेदवारी दिएका थिए । यसपटक उनले कुन प्यानलबाट उठ्ने भन्ने निधो नभएको बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।