काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशन आगामी मंसिर महिनामा गर्ने निर्णय भएको छ ।
शनिवार बसेको केन्द्रीय कार्यसमिति बैठकले मंसिर ९–१३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो ।
कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने निर्णय भएको जानकारी दिए ।
क्रियाशील सदस्यता विवादका कारण कांग्रेस महाधिवेशन सरेको छ ।
यस्तो छ कार्यतालिका –
१. क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने – २०७८ भदौ २ गते
२. निर्वाचन निर्देशिका बुझाउने – २०७८ भदौ २ गते
३. वडा अधिवेशन – २०७८ भदौ १८ गते
४. गाउँ/नगरपालिका – २०७८ भदौ २७ गते
५. प्रदेश क्षेत्र क/ख – २०७८ असोज १ गते
६. संघीय निर्वाचन क्षेत्र – २०७८ असोज ५ गते
७. जिल्ला अधिवेशन – २०७८ असोज १० गते
८. प्रदेश अधिवेशन – २०७८ कात्तिक १०–१२ गते
९. केन्द्रीय महाधिवेशन – २०७८ मंसिर ९–१३ गते
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।