शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

बुढानिलकण्ठमा शीर्ष नेताको छुट्टै बैठक, यी विषयमा सहमति खोजिँदै

बुढानिलकण्ठमा शीर्ष नेताको छुट्टै बैठक, यी विषयमा सहमति खोजिँदै

  • मिडिया डबली
  • शनिवार, श्रावण ३० २०७८

  • 3.6K
    SHARES

  • बुढानिलकण्ठमा शीर्ष नेताको छुट्टै बैठक, यी विषयमा सहमति खोजिँदै

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा केन्द्रीय कार्यसमिति बैठक चलिरहेका बेला शीर्ष नेताहरू छुट्टै बैठकमा जुटेका छन् ।

    केन्द्रीय कार्यसमिति बैठक चलिरहेको बेला शीर्ष नेताहरु विवादित विषयमा सहमतिका लागि छलफलमा जुटेका छन् ।

    पार्टी महाधिवेशनको नयाँ कार्यतालिका, क्रियाशील सदस्यता विवाद र आमन्त्रित केन्द्रीय सदस्यहरूको राजीनामाको सन्दर्भमा सहमति गर्न शीर्ष नेताको छुट्टै बैठक बसिरहेको छ ।

    विवादित विषयमा सहमति जुटाउन शीर्ष तहका नेताहरूको बैठक १ घण्टादेखि जारी रहेको देउवानिकट स्रोतले जनाएको छ ।

    केन्द्रीय कार्यसमिति बैठक समेत सभापति देउवानिवासमै जारी रहेको छ । देउवा शीर्ष नेताको बैठकमा रहेकाले केन्द्रीय समितिको बैठक उपसभापति विमलेन्द्र निधिले सञ्चालन गरिरहेका जनाइएको छ । 

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक गत बिहीवारदेखि जारी रहेको छ । बैठकमा शुक्रवारसम्म ३१ केन्द्रीय र आमन्त्रित सदस्यहरूले धारणा राखिसकेका छन् । 

    पार्टी बैठकअघि शनिवार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बसेको थियो । महामन्त्री डा. शशांक कोइरालानिवास महाराजगञ्जमा बसेको बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल भएको स्रोतले जनाएको छ । आमन्त्रित केन्द्रीय सदस्यले राखेको स्वतः महाधिवेशन प्रतिनिधि बन्न पाउनुपर्ने मागलाई स्वीकार गर्न नसकिने बैठकको निर्णय रहेको पौडेल पक्षका एक नेताले जानकारी दिए ।

    आमन्त्रित २२ जना केन्द्रीय सदस्यले स्वतः महाधिवेशन प्रतिनिधि हुने प्रावधान राख्न माग गर्दै शुक्रवार राजीनामा दिएका थिए । राजीनामाबारे पार्टीमा छलफल गरेर माग पूरा गराउने सभापति देउवाको इच्छा रहेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend