शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

देउवा सरकारको अर्काे उपहार : देशभर इन्टरनेट र मोबाइल डाटाको शुल्क घट्ने

देउवा सरकारको अर्काे उपहार : देशभर इन्टरनेट र मोबाइल डाटाको शुल्क घट्ने

  • मिडिया डबली
  • शुक्रवार, श्रावण २९ २०७८

  • 20.5K
    SHARES

  • देउवा सरकारको अर्काे उपहार : देशभर इन्टरनेट र मोबाइल डाटाको शुल्क घट्ने

    काठमाडौं – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको शासनकालमा महंगी बढेर जनता वाक्क थिए । तर नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यभार सम्हालेपछि जनतालाई सहुलियतका कार्यक्रम आइरहेका छन् ।

    सरकारले कोरोना भाइरस विरुद्धको खोपलाई तीब्र रूपमा जनतासम्म पुर्‍याइरहेको र आगामी चैतभित्र सबै नेपालीलाई खोप लगाइसक्ने सरकारी घोषणा रहेका बेला सरकारले जनतालाई अर्काे उपहार दिएको छ ।

    देउवा सरकारले सबैमा इन्टरनेट सेवाको पहुँच पुर्‍याउन इन्टरनेट र मोबाइल डाटाको शुल्क घटाउने तयारी गरेको छ ।

    लिभिङ विट आईसीटीले शुक्रबार आयोजना गरेको ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ कार्यक्रममा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले सबैमा इन्टरनेट सेवाको पहुँच पुर्‍याउनका लागि सेवा शुल्क घटाउने तयारी गरिएको बताएका छन् ।

    अर्यालले भने, ‘मोबाइल डाटा वा वाईफाई कुनबाट शुल्क घटाउन सकिन्छ भनेर हामी अध्ययन गरिरहेका छौं । सरकारी र निजी मिलेर अहिले भएको दरमा इन्टरनेट सेवाको शुल्क घटाई सबैको सुलभ बनाइने छ ।’

    गाउँको सर्वसाधारण किसानले पनि आफ्नो उत्पादनलाई टेक्नोलोजीसँग जोड्न सक्ने गरी बजारीकरण गर्न सजिलो गराउनका लागि इन्टरनेट सेवाको शुल्क घटाउन थालिएको सरकारले जनाएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend