काठमाडौं – पार्टी विधानमा अधिकार नदिइएको भन्दै असन्तुष्ट रहेका नेपाली कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका छन् ।
कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधिसरह अधिकार नदिएकोमा असन्तुष्ट नेताहरूले शुक्रबार राजीनामा दिएका हुन् ।
पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकमा राजीनामाको घोषणा गरिएको आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेलले बताएका छन् ।
कांग्रेस विधानमा केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था रहेको छ । आमन्त्रित केन्द्रीय सदस्य तलबाटै निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको छ । यस्तो व्यवस्था हटाउनपर्ने माग आमन्त्रिक केन्द्रीय सदस्यहरूको छ ।
नेताहरूले सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् ।
यी हुन् राजीनामा दिने केन्द्रीय सदस्यहरू –
१. नन्दनकुमार दत्त
२. कुमार खड्का
३. बालकृष्ण पाण्डेय
४. गोरख (आनन्द) विष्ट
५. नरेन्द्रकुमार चौधरी
६. हसन अन्सारी
७. किरणराज शर्मा पौडेल
८. रमा कोइराला पौडेल
९. कृष्णकिशोर घिमिरे
१०. गोपालकुमार बस्नेत
११. सुधीरकुमार शिवाकोटी
१२. मनोहरनारायण श्रेष्ठ
१३. ध्रुव वाग्ले
१४. मोहनसिंह राठौर
१५. शम्भुलाल श्रेष्ठ
१६. अभिषेख प्रताप शाह
१७. दयाराम पाण्डे
१८. जनकराज कलौनी
१९. भूमिबहादुर (विश्व) गुरुङ
२०. आशाराम चौधरी
२१. दिलीप राई
२२. राजेशबहादुर सिंह
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।